नागरिक रैबार बाजुरा २१ असाेज। नेपाली काँग्रेस बाजुराकाे सभापतिमा उम्मेद्वार रहेका चक्र शाहले अब हुने दाेस्राे निर्वाचनमा सभापतिमा रामसिहं रावललाई सहयाेग गर्ने घाेषणा गरेका छन् ।
नेता शाहले मार्तडीमा आज पत्रकार सम्मेलन गरेर अब हुने दाेस्राे चरणकाे निर्वाचनमा रामसिंह रावलाई सभापतिमा सहयाेग गर्ने घाेषणा गरेका हुन् । पहिलो निर्वाचनमा सभापतिमा उम्मेदवारी दिएका शाहको टिमको पक्षमा १ सय ५२ मत आएको थियो ।
पार्टी सभापतिका लागि ५१ प्रतिशत पुगाउन ६ सय १५ मत ल्याउनु पर्ने हुन्छ तर सभापतिमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनः सभापतिका लागि दोस्रो पटक मतदान हुने भएको छ । अवको निर्वाचनमा सभापतिमा उम्मेदवारी दिएका शाहको टिमका सवैले रामसिह रावललाइ मतदान गर्ने पत्रकार सम्मेलनमा शाहले बताएका छन् ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराकाे नयाँ नेतृत्व चयनका लागि गरिएकाे निर्वाचनकाे मतगणना विहिबार सकिएको छ । पहिलो निर्वाचनको मतपरिणाम अनुसार सभापति पदमा देउवा पक्षका कविराज पंण्डितले ४८९ र पाैडेल पक्षका रामसिंह रावलले ४७४ मत ल्याएका हुन् । मंगलबार भएकाे काँग्रेस बाजुराकाे निर्वाचमा १२ सय १२ जना मध्ये १२ सय पाँच जनाले मतदान गरेका थिए ।
फेसबुक प्रतिक्रियाहरु