नागरिक रैबार/बाजुरा २१ असोज। नेपाली काँग्रेस बाजुराको उप-सभापतिमा पदम बडुवाल विजयी भएका छन् । बडीमालिका नगरपालिकाका नगर प्रमुख समेत रहेका बडुवालले सवै भन्दा बढी ७ सय ५६ मत ल्याएर उप-सभापतिमा विजयी भएका हुन् ।
त्यस्तै उपसभापतिमा अर्का नारायण पाध्यायले ७ सय ४८ मत ल्याएर बिजयी भएका छन । उपसभापति २ वटा पदका लागि ३ जनाको उम्मेदवारी परेको थियो । जसमा शेर बहादुर खातीले ४ सय ३२ मत ल्याएर उपसभापतिमा पराजित भएका छन ।
त्यस्तै पार्टी सभापतिका लागि ५१ प्रतिशत पुगाउन ६ सय १५ मत ल्याउन पर्ने हुन्छ तर पहिलो निर्बाचनमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि देउवा पक्षका कविराज पंडित र पौडेल पक्षका रामसिंह रावलवीच पुनः मतदान गरिने निर्वाचन अधिकृत सन्तोष भण्डारीले बताएका छन् ।
उहाँका अनुसार आजै १ बजेबाट मतदान प्रक्रिया सूरु गरिने भएको छ । जिल्ला अधिवेशनको निर्वाचनमा नेपाली काँग्रेसका १२ सय १२ जना प्रतिनिधि मध्ये १२ सय ७ जनाले मतदान गरेका थिए ।
फेसबुक प्रतिक्रियाहरु