होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिँदै
समाचार

मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिँदै

  • नागरिक रैबार
मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिँदै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने भएका छन । उनले मंगलबार सम्ममा विश्वासको मत लिने बताइएको छ । सर्वोच्चको फैसला पछि नेकपा पार्टी विभाजित भइसकेको तथा एमालेले समर्थन फिर्ता लिएको अवस्थामा कानुनी रुपमा विश्वासको मत लिनु पर्ने भएकाले मुख्यमन्त्रीले विश्वासको मत लिन लागेको माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक अक्कल रावलले रातोपाटीलाई जानकारी दिए ।

विपक्षीसँगको छलफलपछि आजै नभए मंगलबार मुख्यमन्त्रीले प्रदेश सभाको बैठकमा विश्वासको मत लिने उनले बताए ।शुक्रबारदेखि शुरु भएको प्रदेश सभा बैठकमा ओली पक्षका प्रदेश सभा सदस्य पठान सिंह बोहोराले नेकपा एमालेले मुख्यमन्त्री लाई दिएको समर्थन फिर्ता गरिसकेको जानकारी गराएका थिए । तर एमालेकै माधव नेपाल पक्षको भने सरकारलाई समर्थन छ ।

मुख्यमन्त्रीले विश्वासको मत लिने सूचना प्रदेश सभाको सचिवालयमा दर्ता भइसकेको रावलले बताए ।
मुख्यमन्त्री भट्टलाई माधव पक्षका १८ जना प्रदेशसभा सदस्यको समर्थन रहँदै आएको छ ।यसैबीच नेकपा एमाले ओली पक्षका प्रदेश सभा सदस्य रतन थापाले बैठक बसिरहेको र मुख्यमन्त्रीले लिन थालेको विश्वासको मतको बारेमा केही घण्टापछि थाहा हुने जानकारी दिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ३ हप्ता अगाडि