होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • ओलीले मेरा कारण एकता प्रयास विफल भएको भन्नु षड्यन्त्रपूर्ण : दाहाल
राजनीति

ओलीले मेरा कारण एकता प्रयास विफल भएको भन्नु षड्यन्त्रपूर्ण : दाहाल

  • नागरिक रैबार
ओलीले मेरा कारण एकता प्रयास विफल भएको भन्नु षड्यन्त्रपूर्ण : दाहाल

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना कारण नेकपाको एकता प्रयास विफल भएको भन्ने प्रधानमन्त्री केपी शर्माको आरोप झूटो रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा सोमबार प्रतिक्रिया जनाउँदै उनले ओलीको भनाइको खण्डन गरेका हुन् ।

ओलीको अभिव्यक्ति भ्रामक र षड्यन्त्रपूर्ण रहेको पनि दाहालले आरोप लगाएका छन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झूट, भ्रामक र षड्यन्त्रपूर्ण छ,’ उनले ट्विट गरेका छन्, ‘त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।’

ओलीले आइतबार पार्टी एकताका लागि सार्वजनिक आह्वान गर्दै दाहालका कारण नेकपा एकता प्रयास टुंगोमा पुग्न नसकेको बताएका थिए । २०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसलाबमोजिम एकता कायम राख्न आफूले पहल गरेको पनि उनले जनाएका थिए ।

‘पार्टीको प्रथम अध्यक्ष हुनुको नाताले आफैं पहल पनि लिएको हुँ । तर पुष्पकमल दहाल ‘प्रचण्ड’ को अनिच्छाका कारण मेरो प्रयास सफल हुन सकेन,’ ओलीले लेखेका छन्, ‘त्यसपछि मात्रै हामी एकीकरणका पक्षधरहरूको साझा पार्टी, एकताको बिरासत बोकेको पार्टीका रुपमा नेकपा (एमाले) लाई नयाँ स्वरुप र गतिका साथ अगाडि बढाउने निष्कर्षमा पुगेका हौं ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ हप्ता अगाडि