होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्रीकी श्रीमति प्रथम महिला होइनन्, यो चरम सामन्ती सोंच हो : पम्फा भुसाल
राजनीति

प्रधानमन्त्रीकी श्रीमति प्रथम महिला होइनन्, यो चरम सामन्ती सोंच हो : पम्फा भुसाल

  • नागरिक रैबार
प्रधानमन्त्रीकी श्रीमति प्रथम महिला होइनन्, यो चरम सामन्ती सोंच हो : पम्फा भुसाल

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री पम्फा भुसालले नेपालको संविधानले प्रधानमन्त्रीकी श्रीमतिलाई प्रथम महिला नभनेको स्पष्ट पारेकी छिन्। आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेता भुसालले त्यस्तो सोंच सामन्ती पितृसत्तावादी भएको पनि बताएकी छिन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमति राधिका शाक्यलाई प्रथम महिलाका रुपमा सार्वजनिक मञ्चहरुमा उभ्याउन थालेपछि नेतृ भुसालले त्यसको विरोध गरेकी हुन्। उनले संघीय लोकतान्त्रिक गणतन्त्रमा कोही महिला प्रथम र कोही द्वितीय नहुने बताएकी छन्। संविधानले सबै महिलाको अधिकार बराबरी राखेकाले प्रथम महिला भन्नु सामन्ती सोंचको उपज भएको पनि उनको तर्क छ।

भुसालले फेसबुकमा लेखेकी छिन्, ‘‘नेपालको संविधानले कसैकी श्रीमतीलाई प्रथम महिला र बाँकी महिलाहरु दोस्रो बनाएको छैन है। लोकतान्त्रिक गणतन्त्रमा सबै नागरिकको हैसियत समान हुन्छ। वंशवाद र परिवारवादको सामन्ती राजतन्त्रात्मक व्यवस्था, जहाँ राजाकी श्रीमती महारानी, छोराछोरी युवराज युवराजकुमारी हुन्थे। लोकतान्त्रिक गणतन्त्रमा हरेक नागरिकले आफ्नो हैसियत आफै निर्माण गर्ने हो। सबैलाई समानता र स्वाभिमान प्रदान गर्ने लोकतान्त्रिक गणतन्त्र जिन्दावाद। महिलालाई दास बनाउने सामन्ती पितृसत्तावाद मूर्दावाद।’’

विज्ञापन

कतिपय पुँजीवादी मुलूकहरुमा राष्ट्रपति वा प्रधानमन्त्रीको श्रीमतिलाई ‘फस्ट लेडी’को रुपमा लिने गरिए पनि नेपालको संविधानले यसबारेमा केही पनि बोलेको छैन। संविधानले मात्र होइन, गृह मन्त्रालयले बारम्बार सार्वजनिक गर्ने विशिष्ट व्यक्तिहरुको मर्यादाक्रममा समेत प्रधानमन्त्रीको श्रीमतिलाई प्रथम महिला मान्ने गरिएको छैन।

Capture

 

तर, संविधान र कानूनले चिन्दै नचिनेको ‘प्रथम महिला’ पद्वीलाई प्रधानमन्त्री केपी शर्मा ओली र उनको टीमले दुरुपयोग गरिरहेको छ। सरकारी सभा र कार्यक्रमहरुमा मात्र होइन, ओलीले कम्युनिस्ट पार्टीका आमसभा र बैठकहरुमा समेत शाक्यलाई प्रथम महिलाका रुपमा उभ्याउन थालेपछि त्यसलाई सामन्ती सोंचको उपज भएको भन्दै भुसालले आलोचना गरेकी हुन्।

भुसालले आफ्नो स्टाटसमा ‘वंशवाद र परिवारवादको सामन्ती राजतन्त्रात्मक व्यवस्था, जहाँ राजाकी श्रीमती महारानी, छोराछोरी युवराज युवराजकुमारी हुन्थे’ भन्दै ओलीले गणतन्त्र कालमा पनि शाहीवंशको अभ्यास गर्न खोजेकोमा आलोचना गरेकी हुन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार