होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मार्तडी साना किसान कृषि सहकारीको अव आफ्नै भवन बन्ने
समाचार

मार्तडी साना किसान कृषि सहकारीको अव आफ्नै भवन बन्ने

  • नागरिक रैबार
मार्तडी साना किसान कृषि सहकारीको अव आफ्नै भवन बन्ने

नागरिक रैबार/बाजुरा २५ माघ। बाजुराको सदरमुकाम मार्तडीमा रहेको मार्तडी साना किसान सहकारी संस्था लिमिटेडको अव आफ्नै भवन निर्माण गरिने भएको छ ।

वि.सं. २०७२ साल साउन १७ गते स्थापना भएको सहकारी स्थापनाको सुरुवात देखि नै भाडामा कार्यालय संचालन गरिदै आएको थियो । सहकारीको भवन निर्माणका लागि आईतबार बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टले सिलान्यास गर्नुभएको थियो ।

सुदूरपश्चिम प्रदेश सरकार भुमि व्यवस्था तथा सहकारी विकास मन्त्रालयको १० लाखको आर्थिक सहयोगमा सहकारीको भवन निर्माण हुन लागेको सहकारीकि व्यवस्थापक दुर्गा थापाले बताएकि छन् ।

विज्ञापन

May be an image of one or more people, people sitting, people standing, outdoors and tree

मार्तडीमा बन्न लागेको उक्त सहकारीको २ कोठे १ तलाको भवन बडीमािलका नगरपालिका वडा नं. ८ को थापाबाडा नजिकै निर्माण गर्न लागिएको सहकारीका अध्यक्ष सिता बराल थापाले बताउनु भएको छ ।

May be an image of one or more people, people standing and outdoors

सिलान्यास कार्यक्रममा बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्ट, सहकारीकी अध्यक्ष सिता बराल थापा, व्यवस्थापक दुर्गा थापा, लेखा समिति संयोजक विन्द्रा रावल तथा अन्य सेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार