होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, पुस २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • केपी ओली होइन, ओली प्रवृत्ति समस्या भयो : नेपाल
समाचार

केपी ओली होइन, ओली प्रवृत्ति समस्या भयो : नेपाल

  • नागरिक रैबार
केपी ओली होइन, ओली प्रवृत्ति समस्या भयो : नेपाल

२३ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली नभई ओली प्रवृत्ति अहिलेको समस्या भएको बताएका छन् ।

नागरिक समाजका अगुवाहरुसँग बिहीबार भएको अन्तर्क्रियामा नेता नेपालले प्रधानमन्त्री केपी ओलीको तौरतरिकामा चित्त नबुझेपछि नै आफैंले संसदमा देश डुब्न लायो भनेर बोलेको स्मरण गरे । त्यही बोले वापत आफूलाई खेदेको भन्दै उनले कार्यशैली सुधारका लागि पार्टीमा आवाज उठाएको बताए ।

 

विज्ञापन

कोरोना लगायतका जनताका मुद्दाहरुमा पार्टीभित्र विवाद बहस गर्न खोज्दा छलफल नै नगरेपछि आफूहरुको केही नलागेको उनले बताए । फरक मत राख्नेहरुलाई बाँकी नराख्ने र गणेशहरु मात्र खोज्ने ओलीको त्यही प्रवृत्तिलाई चित्रण गरेर आफूले बा बा प्रवृत्ति भनेको पूर्व प्रधानमन्त्री नेपालले बताए ।

केपी ओली होइन, ओली प्रवृत्ति पार्टीभित्र र बाहिर सबैका लागि समस्या भनेको भन्दै उनले भने, ‘यो निरंकुश तानाशाही प्रवृत्ति हो । यो प्रवृत्तिले लोकतन्त्रमाथि धावा बोलेको छ, संस्थागत प्रणालीमाथि धावा बोलेको छ, संविधानमाथि धावा बोलेको छ ।’

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै