होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अबदेखि झुलाघाट नाका हप्ताको दुई दिन खुल्ने
समाचार

अबदेखि झुलाघाट नाका हप्ताको दुई दिन खुल्ने

  • नागरिक रैबार
अबदेखि झुलाघाट नाका हप्ताको दुई दिन खुल्ने

बैतडी — नेपाल—भारत सीमानामा रहेको बैतडीस्थित झुलाघाट नाका अब हप्ताको दुई दिन खुल्ने भएको छ । सोमबार र शुक्रबार नाका खोलिने बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए ।

स्वास्थ्य सुरक्षाको आवश्यक प्रबन्ध मिलाएर नाका दुई दिन खोलिने उनले बताए । अत्यावश्यक काम परेकाहरुलाई आवतजावत गर्न दिइने भन्दै उनले भने , ‘कामको प्रकृतिसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ ।

जिल्ला प्रशासनको सिफारिसमा हप्ताको दुई दिन नाकाबाट आवतजावत दिइनेछ । ’ विवाह र मृत्यु संस्कारका हकमा भने जुनसुकै बेला पनि नाका खोल्न सकिने उनले बताए । कोरोना भाइरसको जोखिमका कारण गत चैतदेखि झुलाघाट नाका बन्द थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार