नागरिक रैबार
बाजुरा २० असाेज
नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराकाे नयाँ नेतृत्व चयनका लागि गरिएकाे निर्वाचनकाे पछिल्लो मतगणना सार्वजनिक भएकाे छ ।
बुधबार विहानदेखि सूरू भएकाे मतगणना अनुसार सभापति पदमा अहिलेसम्म देउवा पक्षका कविराज पंण्डित पाैडेल पक्षका रामसिंह रावललाई १४ मतले पछाडि पार्दै अगाडि देखिएका हुन्।
अहिलेसम्म ६ सय १ मतगणना गर्दा सभापति पदका उम्मेदवार पण्डितले २५१ मत पाएका छन् । त्यस्तै सभापतिका अर्का उम्मेद्वार रामसिंह रावलले २३७ र स्वतन्त्रबाट सभापतिका उम्मेदवार चक्र शाहले ७१ मत पाएका छन् ।
त्यसै गरी उप सभापतीमा नारायण पाध्याय ३ सय ६९ पदम बडुवालको ३ सय ७० र शेर बहादुर खातीको २ सय ९ मत प्राप्त गरेका छन । सचिवमा तिलकराज पुरीको २ सय ६२ भरत बहादुर रोकाया २ सय ४९ रनसिहं अएडी २ सय २३ राजेन्द्र शाह बिपिको ७१ र शिब बोहराले २ सय १६ मत प्राप्त गरेका छन ।
सह सचिवमा कृष्णराज पाध्याय २ सय २७, धन बहादुर रावत ७६, नन्द बहादुर थापा ४४, प्रकाश रावल १ सय ९६ , मिन बहादुर भण्डारीको १ सय ६७ मोहनसिं कार्की १सय १५ र सुरेन्द्र बहादुर सिहंको १ सय ७९ मत रहेको छ ।
निर्वांचनमा देउवा पक्षबाट कविराज पण्डित सभापती सहितको टिम छ भने पौडेल सिटौला पक्षबाट रामसिंह रावल सहितको टिम रहेको छ । त्यस्तै मध्यमार्गी टिमबाट चक्र बहादुर शाहाको प्यानल रहेको छ ।
त्यसै गरी महाधिबेशन प्रतिनिधी महिलाबाट ७ जना र पुरुस खुलामा २२ जना रहेका छन । खस आर्य महिलामा ६ जना र पुरुष खुलामा १० जना उम्मेद्धार रहेका छन भने । समाबेशी ४ जना दलित महिला २ जना, दलित ३ जना रहेका छन । मधेशी लगायत का कोटामा ७ जना बिच मतदान भएको छ ।मंगलबार भएकाे काँग्रेस बाजुराकाे निर्वाचमा १२ सय १२ जना मध्ये १२ सय पाँच जनाले मतदान गरेका थिए ।
फेसबुक प्रतिक्रियाहरु