होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ, संसद पनि पुनर्स्थापना हुन्छ: प्रचण्ड
समाचार

देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ, संसद पनि पुनर्स्थापना हुन्छ: प्रचण्ड

  • नागरिक रैबार
देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ, संसद पनि पुनर्स्थापना हुन्छ: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनः स्थापना हुने विश्वास व्यक्त गरेका छन् ।सोमबार जनकपुर आइपुगेका उनले संविधानको मर्म र भावना अनुसार संसद पुनःस्थापना हुने र कांग्रेस सभापनि शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतबाट परमादेश जारी हुने विश्वास गरेका हुन् ।

प्रचण्डले भने,’देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ, अनि संसद पनि पुनर्स्थापना हुन्छ ।’प्रधानमन्त्री केपी शर्मा ओली थप निरंकुशता तर्फ अग्रसर भएको आरोपसमेत लगाए । ओलीले सर्वोच्च अदालतलाई दबाब दिएर थप निरंकुशता तर्फ अग्रसर भएको उनको भनाइ छ ।

ओली जनताको नजरमा एक निरंकुश र लोकतन्त्र विरोधी तत्वको रुपमा उजागर भइसकेको भन्दै ओलीको निरंकुश कदमविरुद्ध जनताले जवाफ दिनु पर्ने बताए ।

विज्ञापन

निधन भएका पार्टीका केन्द्रीय सदस्य महादेव यादवलाई अन्तिम श्रद्धाञ्जलि दिन मंगलबार जनकपुरधाम आएका प्रचण्डले सर्वोच्चले संसद पुनःस्थापना मात्र नभई १४६ संसदको हस्ताक्षरको आधारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश समेत जारी गर्ने विश्वास व्यक्त गरेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ४ दिन अगाडि

भर्खरै