होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाज
  • प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री महतोको पुत्ला जलाइयो
समाज

प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री महतोको पुत्ला जलाइयो

  • नागरिक रैबार
प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री महतोको पुत्ला जलाइयो

२३ जेठ, धनगढी । उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै कैलालीमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री महतोको पुत्ला जलाइएको छ ।

घोडाघोडी नगरपालिका–१ स्थित सुखडमा नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग नेपाल र अखिल क्रान्तिकारीले आइतबार विरोध प्रदर्शन गर्दै ओली र महतोको पुत्ला जलाएका हुन् ।

प्रधानमन्त्री ओलीले एकपछि अर्को राष्ट्रघाती काम गर्दै गएको तथा उपप्रधानमन्त्री महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने अभिव्यक्ति दिएका कारण उनीहरुको पुत्ला दहन गरिएको अखिल क्रान्तिकारीले जनाएको छ । पुत्ला दहन गर्नु अगाडि उनीहरुले सरकार विरुद्ध नाराबाजी समेत गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि