होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • संक्रमितको नयाँ रेकर्ड–थप ९०७० जनामा संक्रमण पुष्टि
समाचार

संक्रमितको नयाँ रेकर्ड–थप ९०७० जनामा संक्रमण पुष्टि

  • नागरिक रैबार
संक्रमितको नयाँ रेकर्ड–थप ९०७० जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ९०७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्मकै रेकर्ड संक्रमित पुष्टि भएको हो ।
यसअघि बुधबार देशभर ८६५९ जनामा संक्रमण पुष्टि भएको थियो भने ५८ जनाको मृत्यु भएको थियो ।

 

मन्त्रालयका अनुसार बिहीबार पीसीआर विधिबाट २० हजार ३६७ र एन्टिजेन विधिबाट ७७५ जनाको परीक्षण गर्दा क्रमशः ८९७० र १०० जनामा संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा ५४ जनाले ज्यान गुमाएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ६८ हजार ५८० र निको हुनेको कुल संख्या २ लाख ९२ हजार ४९० पुगेको छ । पछिल्लो २४ घण्टामा २७०७ जना निको भएको पनि मन्त्रालयले जनाएको छ । यस्तै मृतकको कुल संख्या ३ हजार ५२९ पुगेको छ ।

 

देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ पुगेको छ भने संक्रमित निको हुने दर ७९.४ प्रतिशत रहेको छ ।पछिल्लो समय दिनहुँ संक्रमितको संख्या बढ्दै गएको छ भने धेरैजसो जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ३१ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले बिहीबार जनाएअनुसार ३१६३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जनामा संक्रमण पुष्टि भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि