होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, पुस ५, २०८२
जोडिनुहोस
  • होमपेज
  • कभर स्टोरी
  • नेकपाका नेता शाही जसले जन्मदिनमा विद्यालयलाई सहयोग गरे
कभर स्टोरी

नेकपाका नेता शाही जसले जन्मदिनमा विद्यालयलाई सहयोग गरे

  • नागरिक रैबार
नेकपाका नेता शाही जसले जन्मदिनमा विद्यालयलाई सहयोग गरे

नागरिक रैबार/बाजुरा २२ फागुन। नेकपा बाजुराका युवा नेता महेश शाहीले आफ्नो जन्मदिन मार्तडीमा रहेको समता स्कुलमा मनाएका छन् ।
जगन्नाथ गाउँपालिकाको वडा नं. ३ मनिकाँडामा जन्मेका नेता शाहीले पहिलोपटक विद्यालयका विद्यार्थीहरुसंग आफ्नो जन्मदिन मनाएका हुन् । समता स्कुलका कुशल अभिभावक समेत रहेका नेता शाहीले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई नगद र स्टेशनरी सामाग्री सहयोग गरेर मनाएका हुन् ।

No description available.
शनिबार आफ्नो जन्मदिन विद्यालयमा मनाउँदै नेता शाहीले भने जन्मदिनको अवसरमा अनाबश्यक खर्च गर्नुभन्दा समाजिक क्षेत्रमा खर्च गर्दा लाभ हुने बताए ।
No description available.

त्यस्तै नेकपा बाजुराका अध्यक्ष गगन रावलले नेता शाहीलाई जन्मदिनको शुभकामना दिदै भने जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा सामाजिक कार्यमा खर्च गर्नु राम्रो कुरा भएको बताए ।

विज्ञापन

No description available.

त्यसै गरी नेता शाहीको जन्मदिनको अवसरमा शुभकामना दिन पुगेका नेता शाहीका शुभचिन्तकहरुले अनाबश्यक खर्च गरेर बर्थडे पाटीको आयोजना गरि जन्मोत्सब मनाउनु भन्दा विद्यालयलाई सानो भएपनि नगद सहयोग र स्टेशनरी सामाग्री सहयोग गरेकोमा धन्यवाद दिएका थिए ।
No description available.

विद्यालय संचालन भएदेखि नै अभिभावकीय जिम्मेवारी पुरा गर्दै निरन्तर विद्यालयलाई सहयोग गरेको भन्दै विद्यालयका प्रिन्सिपल धर्मबहादुर कार्कीले शाहीलाई जन्मदिनको शुभकामना सहित धन्यबाद ब्यक्त गरेका थिए ।
No description available.

No description available.

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार