होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • ओलीले गल्ती स्वीकारेर आत्मआलोचना गरेमात्र पार्टी एकता हुन्छ: नेपाल
राजनीति

ओलीले गल्ती स्वीकारेर आत्मआलोचना गरेमात्र पार्टी एकता हुन्छ: नेपाल

  • नागरिक रैबार
ओलीले गल्ती स्वीकारेर आत्मआलोचना गरेमात्र पार्टी एकता हुन्छ: नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म गरेका गल्ती स्वीकारेर आत्मआलोचना गरे पार्टी एकता हुने बताएका छन्।बिहीबार राजधानीमा बसेको आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरूको बैठकमा बोल्दै नेता नेपालले ओली सच्चिन तयार नभए पार्टी एकता नहुने बताए।

‘हामी धेरै अघि बढिसकेका छौं। ओलीले गल्ती सच्याएर आउँछन् भने एकता हुन्छ नत्र हुन्न,’ केन्द्रीय कमिटी बैठकमा नेपालले बोलेको कुरा उद्धृत गर्दै केन्द्रीय सदस्य मेटमणि चौधरीले भने।

उनले आफूहरू एकता चाहेको र त्यसका लागि प्रयास पनि भइरहेको बताएका थिए।दुई अध्यक्षमा सहमति गर्ने प्रस्ताव ओलीले नै पहिला राखेको र पछि हुँदैन भनेको पनि नेपालको भनाइ थियो।

विज्ञापन

नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्नुअघि स्थायी कमिटी बैठक बसेको थियो। उक्त बैठकमा पनि पार्टी एकताका विषयमा छलफल भएको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए।नेपाल पक्षको केन्द्रीय कमिटी बैठक भोलि बिहान साढे ११ बजे फेरि बस्नेछ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ४ दिन अगाडि