नागरिक रैबार/बाजुरा २१ असार। बडीमालिका नगरपालिका ९ को सेलाघाट बस्तीमा एक घर एक धारा निर्माण गरिएका छन् ।बडीमालिका नगरपालिका र युनिसेफ नेपालको वास कार्यक्रमको सहयोगमा उक्त बस्तीका २५ घर धुरीका लागि एक एक एक धारा निर्माण गरिएका हुन् ।
बडीमालिका नगरपालिका भित्र एक घर एक धारा अवधारणा अनुसार उक्त बस्तीमा मिटरसहितका धारा निर्माण गरिएको युनिसेफका बडीमालिका नगरपालिका संयोजक राजेन्द्र जैशिले बताएका छन् ।
युनिसेफ नेपाल र बडिमालिका नगरपालिकाको संयुक्त लगानीमा नगरपालिका भित्र एक घर एक धारा निर्माण गरेर चाडै सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिन लागेको नगरपालिकाले जनाएको छ ।
युनिसेफ नेपालसँगको साझेदारीमा बडीमालिका नगरपालिकाले नगरभित्रका बस्तिहरुमा एकघर एक धारा निर्माण गरेपछि स्थानीयहरु खुसी भएका छन् ।
फेसबुक प्रतिक्रियाहरु