होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • प्रधानमन्त्री ओलीले पुस २४ गते धनगढीमा हुने वृहतसभालाई सम्बोधन गर्ने
देश/प्रदेश

प्रधानमन्त्री ओलीले पुस २४ गते धनगढीमा हुने वृहतसभालाई सम्बोधन गर्ने

  • नागरिक रैबार
प्रधानमन्त्री ओलीले पुस २४ गते धनगढीमा हुने वृहतसभालाई सम्बोधन गर्ने

धनगढी– नेपाल कम्युनिस्ट पार्टी नेकपा ‘ओली समूह’ले पुस २४ गते (शुक्रबार) धनगढीमा बृहत जनसभा गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रदेश अध्यक्ष कर्णबहादुर थापाले सभाको तयारी तीव्र भएको जानकारी दिए । उनका अनुसार सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

धनगढीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले बताएअनुसार जनसभाका लागि विभिन्न समिति गठन गरिएको छ । अध्यक्ष थापाको संयोजकत्वमा २ हजार ५२५ सदस्यीय मूल तयारी समिति गठन भएको छ ।

उनले फेसबुका यस्तो लेखेका छन्–

विज्ञापन

Karna Bahadur Thapa

on Saturday

नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा यही पौष २४ गते शुक्रवारको दिन कैलाली जिल्लाको धनगडिमा रहेको खुला मञ्चमा दिउसो १२.०० विशाल जनसभा गरिदैछ । पौष १५ गते सुदुरपश्चिबाट विभिन्न कामको सिलसिलामा काठमाडौ उपत्यकामा रहेका अगुवा कार्यकर्ताको भेला भव्यताका साथ सम्पन्न गरिसकिएको छ । धनगडिको जनसभालाई सम्वोधन गर्न सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष क. केपी शर्मा ओली आउनु हुनेछ । सम्पूर्ण सुदुरपश्चिमबासीलाई उक्त जनसभाका सहभागिताको लागि हार्दिक आमन्त्रण गर्दछु । माक्स र सामाजिक दुरी कायम गर्ने प्रवन्ध गरिनेछ । पार्टीका सवै नेता तथा कार्यकर्तालाई उक्त जनसभाको तयारीमा आजैदेखि योजनावद्धरुपमा सक्रिय हुन अनुरोध गर्दछु ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार