होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोरोनाको तेस्रो र चौथाे लहरको चेतावनी, बालबालिकाका लागि २० प्रतिशत बेड छुट्याउन निर्देशन
समाचार

कोरोनाको तेस्रो र चौथाे लहरको चेतावनी, बालबालिकाका लागि २० प्रतिशत बेड छुट्याउन निर्देशन

  • नागरिक रैबार
कोरोनाको तेस्रो र चौथाे लहरको चेतावनी, बालबालिकाका लागि २० प्रतिशत बेड छुट्याउन निर्देशन

२१ जेठ, काठमाडौं । सरकारले कोरोना संक्रमित बालबालिकाको उपचारका लागि २० प्रतिशत बेड छुट्याउन अस्पतालहरुलाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायले शुक्रबार विज्ञप्ति जारी गरी आफ्नो स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत शय्या कोभिड–१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न आग्रह गरेका छन् ।

 

कोरोना महामारीको पहिलो र दोस्रो लहरमा प्रौढ र युवा बढी संक्रमित भएकाले नियन्त्रणको तयारी पनि प्रौढ र युवा लक्षित मात्र भएको भन्दै मन्त्रालयले अब तेस्रो, चौथो लहरमा बालबालिका बढी संक्रमित हुन सक्ने उपाध्यायले बताए ।

मन्त्रालयले वैकल्पिक प्राणवायुको रुपमा रहेको अक्सिजनको व्यवस्थापन गर्नसमेत अस्पताललाई निर्देशन दिएको छ ।

कोभिड–१९ को पहिलो लहर नियन्त्रण उन्मुख हुँदै गएको अवस्थामा पुनः दोस्रो लहरले स्वास्थ्य क्षेत्रलाई अस्तव्यस्त बनाएको भन्दै मन्त्रालयले सबैको मिहिनेतले अवस्था काबुभित्र नै रहेको बताएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ३ हप्ता अगाडि