होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • रगतमा अक्सिजन बढाउनका लागि खानुहोस् यस्ता खानेकुरा
स्वास्थ्य-जीवनशैली

रगतमा अक्सिजन बढाउनका लागि खानुहोस् यस्ता खानेकुरा

  • नागरिक रैबार
रगतमा अक्सिजन बढाउनका लागि खानुहोस् यस्ता खानेकुरा

आफ्नो दिनचर्यामा अक्सिजनयुक्त खाद्य पदार्थलाई आफ्नो आहारको हिस्सा बनाउनुहोस् जसले रगतमा अक्सिजनको स्तर बढाउन मद्दत गर्छ ।अल्कलाइनयुक्त डाइटले रक्त सञ्चारमा अक्सिजनको स्तर बढाउने गर्छ भने यसले ल्याक्टिक एसिडको निर्माणलाई पनि रोक्दछ ।अल्कलाइनयुक्त खानाले शरीरको पीएच स्तरलाई सामान्य बनाउँछ भने अंगलाई ठिक तरिकाले काम गर्न मद्दत गर्छ ।

भुइँकटरः

भिटामिन ए, बी, सीले भरपुर भुइँकटरबाहेक नासपाती र किसमिसको पनि पिएच भ्यालू ८.५ हो । यो एन्टी अक्सिडेन्ट फलले रगतलाई नियन्त्रित गरेर रक्तचाप कम गर्न सक्छ ।

विज्ञापन

भेडेखुर्सानीः

८.५ पीएच भ्यालु र भिटामिन एले भरपुर भेडेखुर्सानी रोग र तनाव पैदा गर्ने फ्रि रेडिकल्सबाट लड्नमा मद्दत गर्छ ।

कागतीः

एसिडिक कागती अक्सीजनयुक्त फल हो जुन खाएपछि शरीरभित्र अल्कलाइनमा परिणत हुन्छ । रुघा–खोकी, फ्लू, छाती पोल्ने र भाइरल रोगमा यसको सेवन गर्दा यो लाभकारी साबित हुन्छ ।

खरबुजाः

९ पिएच भ्यालुसहित सबैभन्दा धेरै अल्कलाइन भएको खरबुजा खाँदा रगतमा अक्सिजनको कमी पूरा हुन्छ ।

मेवाः

मेवासहित आँपमा पनि पिएच भ्यालू ८.५ हो । यी दुबै फलले मृगौला सफा गर्ने काम गर्छ ।

किवीः

रगतमा अक्सिजनको स्तर बढाउनका लागि किवी र फ्रुट जुस खानामा समावेश गर्नुहोस् ।

आरुः

फाइबरले भरपुर आरुको पिएच भ्यालू ८ हो । रगतमा अक्सिजनको स्तर बढाउनका लागि निश्चित रुपमा आरुको सेवन तपाईंका लागि फाइदाजनक हुन्छ ।

गाजरः

रगतमा अक्सिजनको कमीलाई पूरा गर्नका लागि एन्टी अक्सिडेन्टयुक्त गाजर, खजुर, पाकेको केरा, लसुन खानुहोस् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार