होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अब हरेक वर्ष पुस ११ गते जेष्ठ नागरिक दिवस
समाचार

अब हरेक वर्ष पुस ११ गते जेष्ठ नागरिक दिवस

  • नागरिक रैबार
अब हरेक वर्ष पुस ११ गते जेष्ठ नागरिक दिवस

सरकारले हरेक वर्ष पुस ११ गते जेष्ठ नागरिक दिवस मनाउने निर्णय गरेको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा हालै बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै परराष्ट्र मन्त्रालयको प्रस्तावमा सगरमाथा संवाद कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता मन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् ।

त्यस्तै, भारतसँग मल खरिदबारे छलफलका लागि स्वीकृत दिने निर्णय भएको छ भने गृहमन्त्रालयको सिफारिसमा नेपाल नागरिकता दोश्रो संसोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय भएको छ ।

विज्ञापन

विश्वविद्यालय अनुदान आयोगको सदस्य पदमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. रमेशप्रसाद लामिछानेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

मदन भण्डारी विश्वविद्यालय पूर्वाधार निर्माण समितिको कार्यकारी निर्देशकमा डा. विनोद अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार