नागरिक रैबार/बाजुरा २१ जेठ। सुदूरुपश्चिम प्रदेश सरकारका एमालेका संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहलाई प्रधानमन्त्री एंव एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४८ घण्टे स्पष्टिकरण सोधेका छन् ।
मन्त्री शाहलाई पार्टी स्थायी कमिटीको निणर्य विपरीत प्रदेश सरकारलाई दिएको समर्थन किन कायमै राखेको भनेर अध्यक्ष ओलीले ४८ घण्टे स्पष्टीकरण सोधेका हुन् ।
ओली पक्षका नेताहरु मात्र रहेको एमाले स्थायी कमिटीको जेठ १० गतेको बैठकले सुदूरपश्चिम सरकारमा एमालले समर्थन फिर्ता लिने निणर्य गर्दै राजीनामा दिन आफ्ना मन्त्रीहरुलाई निर्देशन दिएको थियो ।
तर सुदूरपश्चिम प्रदेश सरकारमा माधवकुमार नेपाल समूहको बहुमत भएको संसदीय दलले माओवादीलाई दिएको समर्थन फिर्ता नलिएर सरकारमा भएका तीन मन्त्रीले राजीनामा दिएर चार मन्त्री र तीन राज्यमन्त्री बनाइएको थियो । मन्त्री शाह आर्थिक मामिला तथा कानुन मन्त्री थिए । पछि उक्त मन्त्रीबाट राजिनामा दिएर अहिले आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् ।
फेसबुक प्रतिक्रियाहरु