होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आज नागरिकता सम्बन्धी अध्यादेशविरुद्धको रिटमाथि सुनुवाइ हुँदै
समाचार

आज नागरिकता सम्बन्धी अध्यादेशविरुद्धको रिटमाथि सुनुवाइ हुँदै

प्रधानन्यायाधीशले तोके वरिष्ठ न्यायाधीशको संवैधानिक इजलास

  • नागरिक रैबार
आज नागरिकता सम्बन्धी अध्यादेशविरुद्धको रिटमाथि सुनुवाइ हुँदै

सम्बन्धी अध्यादेशविरूद्धको रिट हेर्न प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले वरिष्ठ न्यायाधीशको संवैधानिक इजलास तोकेका छन् ।

आजको इजलासमा प्रधानन्यायाधीश राणासहित दीपककुमार कार्की, हरिकृष्ण कार्की, मिरा खड्का र ईश्वरप्रसाद खतिवडा छन्। वरिष्ठ पाँचमध्ये विश्वम्भर श्रेष्ठ अहिले आइसोलेसनमा छन्। त्यसपछिका बरिष्ठ खतिवडा हुन्।

नागरिकताजस्तो संवेदनशील र राष्ट्रियतासँग जोडिएको विषयमा अध्यादेश ल्याएको भन्दै अधिवक्ता बोर्णबहादुर कार्की, रामबहादुर शाही लगायतका ६ रिटमाथि आजको संवैधानिक इजलासले सुनुवाइ गर्नेछ।

केही समय अघि सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशमा जन्मसिद्ध नागरिकका सन्तानले बुवा-आमा दुवैको नागरिकता देखाए वंशजको नागरिकता पाउने, बावुको पहिचान नभएको स्वघोषणा गरे नेपाली आमाको नामबाट मात्र नागरिकता पाउने व्यवस्था छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाज
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ७ दिन अगाडि

भर्खरै