सरकारले कोरोना परीक्षणको दायरालाई अझै विस्तार गरिने बताएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले कोरोना परीक्षणलाई अझैं बढाइने बताए। अहिले परीक्षण घट्नुमा केही कारण रहेको भन्दै मन्त्रालयको मनसाय परीक्षणलाई घटाउनु नरहेको उनको दाबी छ।
‘संक्रमितहरूको संख्या घट्दो छ तर परीक्षणको अनुपातमा ३० प्रतिशतभन्दा बढी पोजेटिभ आउनुभएको छ। त्यसैले हाम्रो परीक्षण अझैं बढ्नैपर्ने छ, घटाउने मनसाय छैन। बढोस् भनेर पालिकाहरूमा एन्टिजेन किट पठाएका छौं,’ उनले भने।
अहिले देशभर कोरोना परीक्षण गर्ने ९० वटा प्रयोगशाला रहेको भन्दै उनले त्यसबाट दैनिक २२ हजार बढीको परीक्षण गर्न सकिने जनाए। तर अहिले २२ हजारभन्दा बढीको परीक्षण गर्न सकिएको छैन।
उनले अहिले परीक्षण घट्नुका केही कारणहरू औल्याएका छन्। जसमा पहिलो पक्का संक्रमण भएर थाहा भएपछि मात्र परीक्षण गर्न जानु र सामान्य लक्षण भएकाहरू परीक्षण गराउन नजानु रहेको पौडेल बताउँछन्।
फेसबुक प्रतिक्रियाहरु