होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ओली-नेपाल पक्षका छुट्टाछुट्टै बैठक आज
समाचार

ओली-नेपाल पक्षका छुट्टाछुट्टै बैठक आज

  • नागरिक रैबार
ओली-नेपाल पक्षका छुट्टाछुट्टै बैठक आज

दुई पक्षबीच बिबाद चलिरहेको नेकपा एमालेमा आज भिन्नभिन्नै बैठक बस्दैछ।प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा स्थायी कमिटी बैठक राखेका छन्।

अपरान्ह ४ बजे बस्ने बैठकमा १९ जना स्थायी कमिटी सदस्यलाई बोलाइएको छ।ओलीले गठन गरेको स्थायी कमिटीमा झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका नेता छैनन्।यस्तै केही समयदेखि समानान्तर गतिविधि गरिरहेका र ओली पक्षबाट निस्कासनमा परेका झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले पनि आज केन्द्रीय समिति बैठक बोलाएको छ।

यो बैठक भर्चुअल रूपमा बस्नेछ। पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बोलाइएको र आज बिहान ११ बजे बैठक सुरू हुने नेता निरज आचार्यले बताए।अध्यक्ष ओलीकै कारण अब एकता टर्दै गएको निष्कर्षमा नेपाल पुगेका छन्। यसबारे उनले थप कुरा केन्द्रीय सदस्यलाई ब्रिफिङ गर्न लागेका छन्।

विज्ञापन

आफू अप्ठ्यारोमा पर्दा मात्रै ओलीले वार्ताको कार्ड फ्याक्ने गरेको नेपाल पक्षको भनाइ छ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि खनाल, नेपालसहित ११ जनालाई ओलीले पार्टीबाट निकालेका थिए। नेपाल पक्षले भने बेग्लै पार्टी खोल्ने तयारी गरिरहेको छ। सेतोपाटीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
Breaking News
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि