होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • संसद विघटनको अधिकार प्रधानमन्त्रीमा छैन, अदालतमा त्यही अनुसार जवाफ दिन्छु : सभाुमख
देश/प्रदेश

संसद विघटनको अधिकार प्रधानमन्त्रीमा छैन, अदालतमा त्यही अनुसार जवाफ दिन्छु : सभाुमख

  • नागरिक रैबार
संसद विघटनको अधिकार प्रधानमन्त्रीमा छैन, अदालतमा त्यही अनुसार जवाफ दिन्छु : सभाुमख

काठमाडौं । सभाुमख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको स्पष्ट पारेका छन् । अहिलेको परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गर्ने अधिकार नभएको भन्दै सभामुख सापकोटाले भने, ‘यहि परिस्थितिमा प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार दिएको छैन । अदालतमा पनि त्यसै अनुसारको जवाफ दिँदै छु ।’

पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर महिला संगठनहरुले सभामुख अग्निप्रसाद सापकोटालाई ध्यानाकर्षण पत्र बुझ्दै उनले सो कुरा बताएका हुन् ।उनले अघि भने,‘मेरो भूमिकाका बारेमा राष्ट्रका सबै पक्षमा बृहत् छलफल गरेको छु । सुझाव लिएको छु । अहिले जुन गम्भीरताका साथ ध्यानाकर्षण गराउनु भएको छ, मेरो ध्यानाकर्षण भएको छ ।’

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको र यसले नेपाल र नेपालीलाई अनिश्चिततातर्फ जाने उनीहरुको निष्कर्ष थियो । प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको व्यक्तिवादी, अधिनायकवादी र निरंकुश चरित्रको परिणाम भएको भन्दै उनीहरुले ओलीद्वारा भंग घोषणा गरिएको प्रतिनिधिसभा खारेज हुनुपर्ने समाभुखलाई बुझाएको घोषणापत्रमा उल्लेख छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार