चैत्र २०,बाजुरा । गौमुल गाउँपालिका कृषि विकाश शाखाको समन्वयमा कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोविन्द सिजापति जिल्लाका सरकारी कार्यालय प्रमुख मध्य सवै भन्दा पहिला अन्द्राडीमा पुगेका हुन् ।गौमुल गाउँपालका कृषि विकाश शाखाले तिन बर्ष अघाडी हाईडेन्सिटि सघन स्याउ खेतीको सुरुवात गरे पश्चात स्याउमा Tress ग्याविन तार व्यवस्थापन, थाक्रा व्यवस्थापन गर्न र थप अनुसंधान गरी फलफुल खेतीको विकाश र विस्तार गर्न गौमुल गाउँपालिका १ अन्द्राडी पुगेकाहुन ।
जिल्ला सदरमुकामबाट झण्डै डेढ दिनको पैदल यात्राबाट पुग्न सकिने यो गाउँमा विकाश र समृद्धिका लागि गौमुल गाउँपालिकाले उल्लेख्य कार्य गरेको नै छ तथापि कृषि विकाश शाखा गौमुल र कृषि ज्ञान केन्द्र बाजुराको उपस्थितिले यहाँको समुदायको झन कृषि जन्य उत्पादनमा थप जिम्मेवारी बनाएको छ स्थानिय अगुवा धन बहादुर रोकायाले बताउनु भएको छ । यति मात्र नभई हाम्रो यो विकट गाउँमा राजनितिज्ञ बाहेक जिल्लाको सरकारी कार्यालयका प्रमुख मध्य पहिलो नै कृषि ज्ञान केन्द्र प्रमुख उपस्थित भएका हुन उनले भने ।
गौमुल गाउँपालिका भौगोलिकका हिसावले विकट भएता पनि हावापानी र विकाशका सम्भावनाका आधारमा फलफुल खेतीको लागि अतिनै उपयोगी ठाउँ छ । समुदायले लगनशिलता पुर्वक आफ्नो काम आफै गर्नु पर्छ भन्ने धारणा राखेमा प्रशस्त मात्रामा रैथाने बाली उत्पादन र तरकारी बालीका विउ उत्पादन गर्न सकिने कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोविन्द सिजापतिले जानकारी दिएका छन ।
स्थानिय स्तरमा कृषि क्षेत्रको व्यापक सम्भाव्यता अध्ययन गरी कृषकलाई व्यवसायी बनाउन निरन्तर कृषि ज्ञान केन्द्र संग समन्वय गरी काम गरिरहेको कृषि विकाश शाखाका प्राविधिक सहायक एवं शाखा प्रमुख दिपेन्द्र सार्कीले वताएका छन । युवाहरुलाई कृषिमा आकर्षण गर्न र भईरहेको वेरोजगारी समस्यालाई केहि हद सम्म न्युनिकरण गर्न फलफुल खेती एवं मसला खेती गरी आत्मनिर्भर बनाउन नयाँ नयाँ प्रविधिको खोजि गरी गाउँपालिकामा काम गरिरहेको शाखाका नायव प्राविधिक सहायक रमेश वि.क. ले जानकारी गरेका छन ।
स्थानिय स्तरमा विभिन्न विषय विषेशज्ञको उपस्थिति गराई यहाँका समुदायलाई सामाजिक र आर्थिक दृष्टिकोणबाट सक्षम बनाउन नियमित विभिन्न निकाय संग समन्वय गरी काम गर्दै आएको गौमुल गाउँपालिका उपाध्यक्ष सिता थापाले जानकारी गराएकी छन ।
फेसबुक प्रतिक्रियाहरु