नागरिक रैबार/बाजुरा १७ असार। जिल्लाको बडीमालिका नगरपालिकाले सेवा क्षेत्र भित्रका विद्यालयहरु यही असार २५ गतेबाट खोल्ने तयारी गरेको छ ।
दोस्रो भेरियन्ट सहितको कोरोना महामारिका कारण गएको बैशाख पहिलो साताबाट बन्द रहेका विद्यालयहरु कोरोना महामारीे नियन्त्रणमा आएपछि नगरभित्रका विद्यालय खुलाउने तयारी गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकामा बसेको सरोकारवाला निकायको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर बिद्यालय संचालन गर्ने निणर्य गरिएको नगरपालिकाले बताएको छ । कोरोना महामारीका कारण विद्यालय बन्द हुँदा लामो समयसम्म विद्यार्थीहरु पढाईबाट बन्चित भएका थिए ।
फेसबुक प्रतिक्रियाहरु