काठमाडौं – निर्देशक दीपेन्द्र के खनालले दुई फिल्म घोषणा गरेका छन् । आफ्नै लेखन तथा निर्देशनमा उनले दुई फिल्म निर्माणको घोषणा गरेका हुन् ।
दीपेन्द्रले चलचित्र बिकाश बोर्डमा बिहीबार ‘चिसो मान्छे’ र ‘लकडाउन’ नामका दुई फिल्म आधिकारीक रुपमा दर्ता गर्दै निर्माण घोषणा गरेका हुन् ।
दुबै फिल्मका निर्माता शर्मिला पाण्डे रहेकी छन् । लकडाउन अगाडि ‘आमा’ फिल्म निर्देशन गरेका निर्देशक खनालले दुई फिल्म मध्य ‘चिसो मान्छे’ पहिले निर्माण हुने बताए ।
सामाजिक बिषयमा निर्माण हुने दुबै फिल्मको छायाँकन सरकारले फिल्म क्षेत्र खोलेपनि हुनेछ । अहिले फिल्मको प्रिप्रोडक्सन कार्यमा निर्माण युनिट जुटेको छ ।
फिल्मका लागि सुटिङ स्पोट लगायत रिसर्चका लागि निस्कने तयारीमा दीपेन्द्र छन् । फिल्म छायाँकनमा जानु अगाडि कलाकार तथा निर्माण युनिट समेत सार्वजनिक गरिने निर्देशक
फेसबुक प्रतिक्रियाहरु