नागरिक रैबार/बाजुरा १५ मंसिर। जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा पनि १० शैयाको अस्पतालको शिलान्यास गरिएको छ ।
नेपाल सरकारले ग्रामिण स्तरका नागरिकहरुको स्वास्थ्य सेवालाई मध्येनजर गरेर देशभरिका सात वटै प्रदेशका ३ सय ९६ स्थानीय तहमा ५, १० र १० शैयाको अस्पताल बनाउने लक्ष्य लिएसंगै बाजुराको खप्तड छेडेदह गाउँपालिकाको डोगडी स्वास्थ्य चौकीमा पनि १० शैयाको अस्पतालको सिलानास गरिएको हो ।
चालु आर्थिक वर्ष ०७७/०७८ मा स्वास्थ्य मन्त्रालयलको विनियोजित बजेट अनुसार खप्तड छेडेदह गाउँपालिका अन्तर्गत डोगडी स्वास्थ्य चौकिमा बन्ने १० शैयाको अस्पतालकोसोमबार एक औपचारिक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले शिलान्यास गर्नु भएको छ ।
शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रावतले अस्पतालको निर्माण कार्य सममयै सम्पन्न गर्ने बताएका थिए । यस अघि गाउँपालिकाका विरामीहरुले स्वास्थ्य सेवा लिन घण्टौ हिँडेर टाँटे प्राथमिक स्वास्थ्य केन्द्र, बाजुरा जिल्ला अस्पताल मार्तडी र अछामको बयालपाटा अस्पताल गएर उपचार सेवा लिदै आएका थिए ।
नेपाल सरकारले १० शैयाको अस्पतालका लागि बजेट विनियोजन गरेर अस्पताल निर्माण गर्न लागेपछि ग्रामिण स्तरका विरामीहरुलाई घर नजिकै स्वास्थ्य सेवा लिन सजिलो हुने भएको छ ।
शिलान्यास कार्यक्रममा गाउँपालिकाका ७ वटै वडाका वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लगायत सम्पूर्ण कर्मचारीहरुको र स्थानीयको उपस्थिती रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु