होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मन्त्रिपरिषद बैठकले भन्याे ‘लकडाउन’ साउन ७ सम्म लम्ब्याउने
समाचार

मन्त्रिपरिषद बैठकले भन्याे ‘लकडाउन’ साउन ७ सम्म लम्ब्याउने

  • नागरिक रैबार
मन्त्रिपरिषद बैठकले भन्याे ‘लकडाउन’ साउन ७ सम्म लम्ब्याउने

काठमाडौं- सरकारले पछिल्लो समय खुकुलो बनाएको लकडाउनलाई आगामी साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो  ।

यस्तै हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म बन्द रहने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

विज्ञापन

उनले भने, ‘लकडाउन खुकुलो हुँदा जोखिम बढेपछि लकडाउनलाई कडा गर्ने निर्णय भएको छ ।’

गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको थियो ।

सोहीअनुसार हाल स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला छन् भने सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ ।

यस्तै उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको छ ।  यस्तै सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ ।

आजको बैठकमा कोभिड-१९ महामारी रोकथामका विषयमा छलफल भए  पनि नेपाल प्रवेश गरेको सलह र बर्खायाममा हुन सक्ने विपद्का घटनामा भने कुनै छलफल नभएको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार