नागरिक रैबार
बाजुरा १६ असार ।
देशभर सोमबार असार १५ अर्थात १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव विविध कार्यक्रम गरी मनाईको थियो । सोही अनुसार कृषि ज्ञान केन्द्र बाजुरालेपनि बडीमालिका नगरपालिका वडा नं. ८ स्थित बाउलीमा किसान खन्टे रावलको खेतमा धान रोपेर उक्त दिवस तथा रोपाई महोत्सव मनाएको हो ।
धान उत्पादनमा बृद्धि, आत्मनिर्भरता र सम्वृद्धि भन्ने मुला नारा बोकेर कोरोना भाइरसको महामारी र सलह किराको त्रासकाबीच पनि किसानलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख गोविन्द सिजापतीले बताए ।
उहाँले रोपाइँ कार्यक्रममा धान खेतीको विकासका लागि उन्नत जातको धानको बीउ प्रयोग गर्ने वातावरण अझै पनि बन्न नसकेतापनि विस्तारै किसानहरुको मन जित्दै नयाँ प्रविधि र माटो सुहाउँदा धानका जातहरुको खेती गर्न किसानहरुलाई प्रोत्साहन गर्ने बताए ।
उहाँले अझै पनि ८० प्रतिशत भूभागमा पुराना जातहरुको रोपाइँ भइरहेको भएपनि कृषि ज्ञान केन्द्र र किसानको बीचमा अझैँ दरिलो सम्बन्ध कायम गरेर उक्त प्रतिशत घटाउने गरि अघि बढ्ने कुरामा जोड दिए ।
किसानलाई धान खेतीका बारेमा आवश्यक सुझाव सल्लाह दिँदै ः सूचना अधिकारी मिन प्रसाद जोशी
फेसबुक प्रतिक्रियाहरु