नागरिक रैबार/ बाजुरा १६ चैत्र ।बाजुरा सदरमुकाम स्थित मालिका माविको क्वारेन्टाइनमा पाँच जना फेरि थपिएका छन् ।
यस अघि ३४ जना राखिएकाे मालिका माविकाे क्वारेेन्टाईनमा अाजबाट थप ५ जना थपिएका हुन् ।
पाँच जना थपिएसँगै अब मालिका माविमा क्वारेन्टाइनमा बस्नेको संख्या ३९ जना पुगेको छ । उनीहरु सबैकाे खान बस्नकाे व्यवस्था बडिमालिका नगरपालिकाले गरेकाेे छ ।
क्वारेन्टाइन राखेका सबैले १४ दिनसम्म अनिवार्य बस्नु पर्ने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु