होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, चैत्र २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • कृषकलाई धमाधम उखुको विउ वितरण गरिदै
Breaking News

कृषकलाई धमाधम उखुको विउ वितरण गरिदै

  • नागरिक रैबार
कृषकलाई धमाधम उखुको विउ वितरण गरिदै

नागरिक रैबार/बाजुरा १७ फागुन । कृषि ज्ञान केन्द्र बाजुराले बाजुराका कृषकहरुलाई कृषि पेशामा आत्मनिर्भर बनाउन धमाधम उखुको विउ वितरण गर्दै आएको छ ।

साँफे मार्तडी सडक खण्ड अन्तरगत बाजुरा प्रवेशद्धारा इकडी देखि सदरमुकाम मार्तडीसम्मको सडक छेउछाउका कृषकहरुलाई लक्षित गरेर कृषि ज्ञान केन्द्र बाजुराले उखुको विउ वितरण गर्दै आएको हो ।


यस अघि केन्द्रले रिठाबजार, फालासेन ताँप्रीसेरा, बल्दे, तिपाडा, जडाङ्गा, विराखोला, राप्का लगायतका स्थानका कृषकहरुलाई उखुको विउ वितरण गरिसकेको छ ।

विज्ञापन


शनिबार विहान सदरमुकाम मार्तडीका कृषकहरुलाई उखुको विउ वितरण गरिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोविन्द सिजापतिले बताए ।


कृषि ज्ञान केन्द्र बाजुराको ईक्डीगाड देखि मार्तडी सम्मको सडकको छेउछाउमा उखु खेती विस्तार गर्ने अभियान अन्तरगत अहिले सो क्षेत्रका कृषकहरुलाई उखुको वीउ धमाधम वितरण गरिरहेको ज्ञान केन्द्रका प्रमुख सिजापतिले बताए ।


अहिले रोपेको उखुलाई अर्को वर्ष देखि जुस वनाएर वेच्ने अनि वाँकि उखुलाई मालुको पातमा वेरीएको बाजुराको अर्गागिनक भेली (गुड) वनाएर वेच्ने लक्षका साथ बाजुरामा उखु खेतीको समेत विस्तार गरिने योजना रहेको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले बताएका छन् ।


सडक नजिकैको जमिन पनि सुरक्षित हुने र हरीयाली पनि देखीने भएकाले सो क्षेत्रका कृषकहरुलाई उखु खेती गर्नका वीउ सहयोग गरिएको हो । कृषि ज्ञान केन्द्र बाजुरावाट साँफे मार्तडी सडक खण्डको दाँया वाँया यस वर्ष देखि उखु खेतीको क्षेत्र विस्तार गर्ने र अर्को वर्षवाट बाजुराको पहिचान झल्किने अत्यन्तै मिठो बाजुरेली मुसे केरा रोप्ने तयारी भईरहेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै