होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • संसद विघटनविरुद्ध काँग्रेसको देशव्यापी प्रदर्शन आज
देश/प्रदेश

संसद विघटनविरुद्ध काँग्रेसको देशव्यापी प्रदर्शन आज

काठमाडौंका यही १० क्षेत्रमा हुने छ विरोधसभा

  • नागरिक रैबार
संसद विघटनविरुद्ध काँग्रेसको देशव्यापी प्रदर्शन आज

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमबार (आज) देशका १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा काँग्रेसले सडकबाट प्रदर्शन गर्न लागेको हो ।

गत मंगलबारबाट जारी केन्द्रीय समिति बैठकलाई केही दिन स्थगित गरी काँग्रेस आज प्रदर्शनमा निस्किएको छ । सभापति शेरबहादुर देउवा पक्ष संसद पुनस्र्थापनाको मुद्दा उठाउन नहुने पक्षमा देखिन्छ भने संस्थापनइतरका नेताहरु असैंवधनिक रुपमा संसद विघटन गरिएकाले पुनस्र्थापनाको मुद्दा जबरजस्त उठाउने पक्षमा देखिन्छन् ।

असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरिएको सन्देश लिएर काँग्रेस १६५ वटा निर्वाचन क्षेत्रका मतदात माझ पुग्न लागेको हो । साथै संसद पुनस्र्थापना नहुँदा पनि आजको प्रदर्शन काँग्रेसका लागि पहिलो चुनावी अभियान पनि बन्ने छ ।

विज्ञापन

किनभने प्रधानमन्त्री ओलीले संसद विघटनसँगै आगामी बैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति घोषणा गरिसकेको अवस्था छ ।आजको प्रदर्शनलाई काँग्रेसले निर्वाचन क्षेत्रव्यापी संसद विघटनको विरोध र चुनावी अभियानका रुपमा उपयोग गर्ने देखिन्छ । त्यसैले पनि अधिकाश नेताहरु आफ्नो निर्वाचन क्षेत्रको विरोधसभा केन्द्रित भएको पाइएको छ । यद्यपि डडेलधुरा निर्वाचन क्षेत्र भएका सभापति शेरबहादुर देउवाले भक्तपुर कार्यक्रमलाई सम्बोधन गर्ने छन् ।

यस्तै झापा निर्वाचन क्षेत्र भएका प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौं कोटेश्वर र काठमाडौं निर्वाचन क्षेत्र भएका केन्द्रीय केन्द्रीय सदस्य गगन थापाले नेपालगञ्जको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

यता वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो निर्वाचन क्षेत्र तनहुँको कार्यक्रमलाई सम्बोधन गर्न पुगेका छन् भने महामन्त्री शशांक कोइराला नवलपुरको कार्यक्रमलाई सम्बोधन गर्दैछन् ।यस्तै काठमाडौँ क्षेत्र नम्बर १ को कार्यक्रमलाई पूर्वमहामन्त्री प्रकाशमान सिंहले सम्बोधन गर्नेछन् भने केन्द्रीय सदस्य मिनेन्द्र रिजालले मोरङको कायक्रमलाई सम्बोधन गर्ने भनिएको छ ।

सभापतिबाहेक शीर्ष नेताहरुले पनि आफ्नो निर्वाचन क्षेत्रमा संवोधन गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।उनका अनुसार अधिकांश केन्द्रीय सदस्य आफ्नो निर्वाचनको कार्यक्रममा सहभागी हुने छन् ।काठमाडौँका दश निर्वाचन क्षेत्रका विभिन्न १० ठाउँमा आज विरोध प्रदर्शन र सभा हुनेछ । अधिकांश प्रदर्शन दिउँसो १ बजेदेखि सुरू हुने काठमाडौँ काँग्रेसले जनाएको छ ।

१० वटा निर्वाचनमा प्रदर्शन हुने ठाउँ

निर्वाचन क्षेत्र नम्बर १ – नयाँबानेश्वरस्थित होटल एभरेस्ट अगाडि

निर्वाचन क्षेत्र नम्बर २ – कोटेश्वर चोक

निर्वाचन क्षेत्र नम्बर ३ – जोरपाटी चोक

निर्वाचन क्षेत्र नम्बर ४ – नारायणचौर नक्साल

निर्वाचन क्षेत्र नम्बर ५– महाराजगन्जस्थित नारायणगोपाल चोक

निर्वाचन क्षेत्र नम्बर ६– मनमैजुस्थित लोकतान्त्रिक चोक

निर्वाचन क्षेत्र नम्बर ७ – बालाजु चोक

निर्वाचन क्षेत्र नम्बर ८ – बसन्तपुर डबली

निर्वाचन क्षेत्र नम्बर ९ – कलंकी चोक

निर्वाचन क्षेत्र नम्बर १० – कीर्तिपुर बजार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार