१४ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक आइतबार बस्दै छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ ।
कोभिड–१९ संक्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि कांग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए । काँग्रेसले १४औं महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यता वितरणलाई समेत अगाडि बढाइसकेको थियो । कांग्रेसको १३ औं महाधिवेशन वि.सं. २०७२ फागुनमा सम्पन्न भएको थियो ।
फेसबुक प्रतिक्रियाहरु