राजेन्द्र बहादुर रोकाया/ बाजुरा १५ जेठ। काम तथा पढाइको सिलशिलामा भारत र जिल्ला बाहिर रहेका बाजुराका ६३८ जना आज जिल्ला भित्रिएका छन् । रोजगारी तथा पढाइको शिलशिलामा भारतका बिभिन्न ठाँउहरुमा रहेका र नेपालकै भिभिन्न सहरमा पढाइृको शिलसिलामा रहेका बाजुराका नागरीक हरु जिल्ला आउने क्रम बढीरहेको छ ।
जिल्ला आउने क्रम बढेसंगै बाजुराका स्थानीयमा त्रास पनी फैलिदै गएको छ दिनानु दिन सयौंको संख्यामा जिल्ला भित्रिन थालेपछी यहाँका स्थानीहरुमा त्रास छाएको हो । आज बाजुरा जिल्लामा नौं वटा पालिका गरी ६३८ जना जिल्ला भित्रीएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रबक्ता प्रहरी निरिक्षक दानबहादुर रोकायाले बताउनुभएको छ ।
बिश्वमा कोरोना भाईरस कोभिड १९ को संक्रमण बड्दै गईरहेको समयमा नेपाल सरकारले आफ्ना नागरीकको उद्दारको अनुमती दिएपछि आज जिल्लाका ९ पालिका गरी ६३८ जना बाजुरा भित्रिएको प्रबक्ता रोकायाले जानकारी दिनुभएको छ ।
आज बाजुरा आएका मध्य ५३८ जना भारत बाट आएका र १०० जना नेपालकै बिभिन्न सहरबाट आएका छन् । भारतबाट आएकालाई अनिवार्य क्वारेन्टाइमा बस्ने र नेपालकै बिभिन्न सहरबाट बाजुरा भित्रिएकालाई अनिवार्य होम क्वारेन्टाइमा बस्ने गरी आफै आफ्नो पालिकामा पड्ठाइएको प्रबक्ता रोकायाले जानकारी दिनुभएको छ ।
फेसबुक प्रतिक्रियाहरु