होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सर्वसाधारणका लागि बाजुरा प्रहरीकाे अनुराेध यस्ताे छ
देश/प्रदेश

सर्वसाधारणका लागि बाजुरा प्रहरीकाे अनुराेध यस्ताे छ

  • नागरिक रैबार
सर्वसाधारणका लागि बाजुरा प्रहरीकाे अनुराेध यस्ताे छ

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय सिंहदरबार काठमाण्डौबाट क्रमशः लेखापढी भई गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाजुराबाट आवश्यक व्यवस्था सम्बन्धी कार्यान्वयन सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराको सबैमा जानकारी यस्ताे छ हेर्नुस् ।

१. अत्यावश्यक औषधि र स्वास्थ्य उपकरण वा सामाग्री, खाद्यान्न वस्तु, खानेपानी, दुध, ईन्धन उत्पादन गर्ने सहकारी तथा निजि उद्योगहरूबाट उत्पादित उत्पादनहरू बिलबिजकको आधारमा बजार गन्तव्यसम्म जान दिन रोकतोक नगर्ने ।

२. उल्लेखित उद्योगहरूबाट उत्पादित उत्पादनहरू गन्तव्यमा पुर्याबई फर्केका ढुवानी साधनहर फर्कदाका बखत बिल बिजकको फोटोकपीका आधारमा उत्पादन स्थलसम्म निर्वाध रूपमा आवत जावत गर्न दिने ।

विज्ञापन

३. उल्लेखित उद्योग संचालन गर्दा संक्रमण जोखिमलाई मध्यनजर राखी कर्मचारी कामदारका लागि सेनिटाईजर, मास्क लगाउने, भीडभाड नगर्ने, २५ जना भन्दा बढी एक स्थानमा नरहने गरी भएको व्यवस्था उद्योग संचालन सम्बन्धमा भए नभएको विषयमा नियमित गर्ने ।

४. अत्यावश्यक औषधि र स्वास्थ्य उपकरण वा सामाग्री, खाद्यान्न वस्तु , खानेपानी, दुध, ईन्धन उत्पादन गर्ने उद्योगहरूमा कार्यरत कामदार, उद्योगहरूमा कार्यरत कामदारहरूलाई कारखानामा आउदा वा निवास फर्कदा उद्योग व्यवस्थापनले जारी (ISSUE) गरेको परिचय पत्रको आधारमा आउन जान दिने ।

५. अत्यावश्यक औषधि र स्वास्थ्य उपकरण वा सामाग्री, खाद्यान्न वस्तु, खानेपानी, दुध, ईन्धन उत्पादन गर्ने उद्योगहरूमा रहेको मौज्दातको नियमित रूपमा अनुगमन गर्ने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै