होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बझाङ पार्टी कार्यालयमा ओली समूहको ताला
समाचार

बझाङ पार्टी कार्यालयमा ओली समूहको ताला

  • नागरिक रैबार
बझाङ पार्टी कार्यालयमा ओली समूहको ताला

काठमाडौँ — नेकपा ओली समूहका कार्यकर्ताले आइतबार जिल्ला पार्टी कार्यालयमा ताला लगाएका छन् । दाहाल–नेपाल समूहले एकतर्फी रुपमा गुट भेला गरी कार्यालय दुरुपयोग गरेकाे भन्दै उनीहरुले ताला लगाएका हुन् ।

‘टुटफुटका गतिविधिहरुमा पार्टी कार्यालय प्रयोग हुन थालेपछि तालाबन्दी गरेका हौं,’ अनेरास्ववियू बझाङका संयोजक प्रविन्द्र धामीले भने, ‘पार्टीको विवाद निर्वाचन आयोगमा पुगेको र कुन पार्टी आधिकारिक हो भन्ने फैसला नआएको सर्न्दभमा कुनै एक पक्षबाट कार्यालयको दुरुपयोग हुन नदिन यसो गरेका हौं ।’ उनले पार्टीको आधिकारिकता सम्बन्धी विवादको अन्तिम टुंगो नलागेसम्म ताला नखोलिने बताए ।

 

सोमबार जिल्ला कमिटीको बैठकका लागि दाहाल–नेपाल समूहका केन्द्रीय नेताहरु आउने थाहा पाएपछि तालाबन्दी गरिएको नेकपा ओली समूहकाे भनाइ छ ।

नेकपाका कार्यालय सचिव सुरतबहादुर सिंहले भने, ‘माथि जेसुकै भए पनि जिल्लामा छलफल गरेर एकैतिर लाग्ने वातावरण बनाउने सोचेका थियौं । केही साथीहरुले ताला लगाइदिएछन् ।’

दाहाल–नेपाल पक्षका जिल्लाका सचिव दमन भण्डारीले पार्टी कार्यालयमा ताला लगाए पनि सोमबारकाे बैठक नरोकिने बताए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ३ दिन अगाडि

भर्खरै