नागरिक रैबार/बाजुरा १२ पुस। उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशकाे कार्यकारिणी सदस्यमा बाजुराका गाेपाल कार्की निर्विरोध चयन भएका छन् ।
शनिबार दिपायलमा भएको उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेश साधारण सभाबाट बाजुराका कार्की सदस्यमा निर्विरोध चयन भएका हुन् ।
बाजुरा वाणिज्य संघका सचिव समेत रहेका कार्की उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशकाे कार्यकारिणी सदस्यमा बाजुराबाट निर्विरोध चयन भएको बाजुरा उद्योग बाणिज्य सघ बाजुराका कार्यालय सचिव टेकबहादुर धामीले बताएका छन् ।
बाजुराको बडीमालिका नगरपालिका वडा नम्मर २ घर भएका कार्की बाजुरा जिल्लामा २०५८ सालदेखि ब्यवसायमा सक्रिय हुँदै आएका छन् ।
फेसबुक प्रतिक्रियाहरु