होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रचण्ड–नेपाल समूहद्वारा प्रदेश तथा जिल्ला पार्टी कार्यालयमा दावी
समाचार

प्रचण्ड–नेपाल समूहद्वारा प्रदेश तथा जिल्ला पार्टी कार्यालयमा दावी

  • नागरिक रैबार
प्रचण्ड–नेपाल समूहद्वारा प्रदेश तथा जिल्ला पार्टी कार्यालयमा दावी

जनकपुर । प्रतिनिधिसभा विघटनपछि विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्ष पछिल्लो समय पार्टी कार्यालय कब्जादेखि कार्यकर्तालाई तान्न हरसम्भव प्रयास गर्न थालेका छन् ।
नेकपाको ओली समूह र प्रचण्ड–माधप समूहबीच पार्टीको सम्पत्ति तथा कार्यालयहरुबारे विवाद चलिरहँदा प्रचण्ड–माधव समूहले धनुषामा अगुवा कार्यकर्ता भेला गर्दै प्रदेशस्तरीय तथा जिल्ला पार्टी कार्यालयमा कब्जा गरेको छ । जिल्ला पार्टी कार्यालय साबिकको नेकपा माओवादी केन्द्रको थियो भने तत्कालीन नेकपा एमालेको जिल्ला कार्यालयलाई प्रदेश कार्यालयमा रुपान्तरण गरिएको थियो ।

प्रचण्ड–नेपाल समूहको केन्द्रीय सर्कुलर अनुसार धनुषामा पनि कार्यकर्ता भेला आयोजना गरिएको केन्द्रीय सदस्यसमेत रहेका जिल्ला ईन्चार्ज श्रवण बरबरियाले जानकारी दिए ।
प्रचण्ड–नेपाल समूहले प्रदेश नम्बर २ स्थित जनकपुरधाममा रहेको पार्टीको प्रादेशिक कार्यालयमाथि दावी गर्दै सोही कार्यालयमा भेला आयोजना गरेको हो । विभिन्न ठाउँमा पार्टी कार्यालय कब्जा गर्ने विषयमा विवाद तथा झडपसम्मको अवस्था आए पनि प्रदेश नम्बर २ मा अहिलेसम्म त्यस्तो अवस्था सिर्जना नभएको बरबरियाको भनाइ छ ।

प्रदेश नम्बर २ मा कूुल ७० केन्द्रीय सदस्यमध्ये ४२ जना प्रचण्ड–नेपाल समूहमै रहेको उनको दावी छ । उनले प्रदेश २ मा नेकपाको एक तिहाइ हिस्सामात्रै ओली समूहमा रहेकोले पनि त्यस प्रकारको विवादको गुञ्जायस नरहेको बताए । उनले भने, ‘केन्द्रमा पनि ३ सय १५ जना केन्द्रीय सदस्य हामीहरुकै पक्षमा छन्, यस हिसाबले पनि आधिकारिक पक्ष हामी नै हौँ ।’

विज्ञापन

नेता बरबरियाले जनकपुरमा रहेको प्रादेशिक कार्यालय र जिल्ला कार्यालय दुवैमा आफ्नो दावी र वैधानिक अधिकारसमेत रहेको जिकिर गरे ।
नेकपा प्रदेश नम्बर २ का प्रदेश समिति सदस्य झल्कु यादवले धनुषा जिल्लाबाट प्रतिनिधित्व गर्ने १५ केन्द्रीय सदस्यमध्ये ११ जना प्रचण्ड–नेपाल समूहमा र ४ जना ओली समूहमा रहेको जानकारी दिए ।
अगुवा कार्यकर्ता भेलापछि प्रदेश भेला गरेर प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलन गर्ने उनले बताए । उनका अनुसार ओली सरकारको असंवैधानिक कदमका विरुद्ध नेपाल बन्दसम्मको घोषणा गर्ने आन्तरिक तयारी भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै