होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गोली लागेर मृत्यु भएकाको शव एक्काइस घण्टा बित्दा समेत उठेन
समाचार

गोली लागेर मृत्यु भएकाको शव एक्काइस घण्टा बित्दा समेत उठेन

  • नागरिक रैबार
गोली लागेर मृत्यु भएकाको शव एक्काइस घण्टा बित्दा समेत उठेन

झापा । झापा गाउँपालिका–३ कामाटोलीमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका रफिकुल आलामको २१ घण्टा बित्दासमेत शव उठ्न सकेको छैन । उनको शव विर्तामोडस्थित विएण्डसी हस्पिटलमै रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।

बुधबार गोरु काटेको आरोपमा पक्राउ परेका सोही वडाका ५२ वर्षीय अबदुल सलाम र ५० वर्षीय ताजबुल हकलाई जिप्रका ल्याउने क्रममा स्थानीयवासीसँग दोहोरो झडप हुँदा प्रहरीले चलाएको गोली लागेर उनी घाइते भएका थिए ।

घाइते आलामको उपचारकै क्रममा विएण्डसी हस्पिटलमा बुधबार राति ७ः४० बजे मृत्यु भएको थियो । घटनालाई सामान्य बनाउन प्रहरीले गाउँपालिका अध्यक्ष जयनारायण साह र उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीको रोहबरमा उनीहरुलाई छाडिदिएको थियो ।

विज्ञापन

स्थानीय मुश्लिम समुदायले मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारलाई शिक्षासहित रोजगारको व्यवस्था गर्नुपर्नेलगायत १० बुँदे माग राख्दै मृतकको शव उठाउन नमानेको सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डले बताए । स्थानीय जनप्रतिनिधि, मृतकको परिवार, राजनीतिक दल, सामाजिक अगुवासहितको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा सहमतिका लागि छलफल भइरहेको उनले बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि स

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार