होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • मार्तडीदेखि दवारी सम्मको सडक सूचारु
देश/प्रदेश

मार्तडीदेखि दवारी सम्मको सडक सूचारु

  • नागरिक रैबार
मार्तडीदेखि दवारी सम्मको सडक सूचारु
साँकेतिक तस्वीर

नागरिक रैबार/बाजुरा १२ साउन। जिल्लाको सदरमुकाम मार्तडी देखि बुढीगंगा नगरपालिकाको दवारी सम्मको सडक संचालनमा आएको छ ।
सडकमा खसेको पहिरोका कारण करिव ३ साता देखि अवरुद्ध रहेको साँफे मार्तडीसडक अन्तरगत पानीनाउलामा खसेको पहिरो पन्छाएपछि मार्तडीदेखि दवारी सम्मको सडक सूचारु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानबहादुर रोकायाले बताए ।

सो क्षेत्रसम्म सडक सूचारु भएपछि सदरमुकाम मार्तडीमा आउने र जानेलाई सहज भएको छ । निरन्तरको वर्षा संगै सडक माथिबाट खसेको पहिरोका कारण साँफे मार्तडी सडक खण्ड अन्तरगत ताँप्री सेरा नजिकैको मोटररेवल पक्की पुल बगाएको छ भने बल्दे देखि दवारीसम्मको सडक तहस नहस भई विग्रेको अवस्थामा छ । सो क्षेत्रको सडक निर्माण गर्न अझै केही समय लाग्ने सडक डिभिजन कार्यालय साँफेबगरले बताउँदै आएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार