प्रेम सम्बन्ध भन्नाले कुनै बिपरित लिङ्गीको शारीरिक बिकास भए सगै दुई बिचको आकर्षणले एउटा सुन्दर चाहाना द्वरा निर्मित नाजुक सम्बन्धनै प्रेम हो।प्रम सम्बन्धमा जात ,रंग, पेशा, परिवार ,समाज केहिको पनि प्रभाव रहदैन। प्रेम गर्नेहरुको सन्सारमा केवल माया मात्र प्रमुख हुन्छ ।
प्रेमको सागर तब सम्म बगिरहन्छ जब सम्म प्रेममा बिबाह सम्बन्धको कुरा चल्दैन।बिबाह सम्बन्ध एउटा यस्तो सम्बन्ध जाहा प्रेम हुन जरुरी हुदैन। प्रेम सम्बन्ध दुइ व्यक्तिको राजी खुशिमा हुन्छ भने बिबाह सम्बन्धमा घरपरिवार इस्टमित्र सबैको सहभागीतामा राजिखुशीमा हुन्छ जस्मा धर्म सस्कार , कुल, जात, पेशा, रोजगारी,भुगोल, परिवारिक स्थर सबै सबै प्रमुख रहन्छ र यी सबै प्रमुखता परेकै कारण रुकुममा अप्रिय घटना घट्यो एउटा प्रेम सम्बन्धको अन्त्य भएको हो ।
एउटा प्रेमी मारिन गयो जुन आजको समाजको लज्जास्पद घटना हो। यो घटना हाम्रो समाजको एउटा प्रतिनिधि मुलक घटना मात्र हो । समाजमा यस्तो प्रेमको गला प्राय सबै घर परिवारले काटेका पाइन्छ । आफ्नो प्रेम लाई तिलानजली दिएर परिवारको इच्छामा आफ्नो जिवनको सम्झौता गर्न बाध्य छन् । सास त छ शरीरमा तर प्राण छैन बास मात्र बाचेका छन् । अक्सर प्रेम सम्बन्धको हत्या बिबाहले नै गरेको पाइन्छ ।
दुई अपरिचित व्यक्तिहरु दुई परिवारको इजतका निम्ति सामाजिक प्रतिस्ठा कायाम राख्नका निम्ति आफ्नो पुरै जीवन सम्झौतामा बिताउन बाध्य हुन्छन् जुन सम्झौतामा जिवनको अन्त्य सम्म पनि प्रेम पलाउने कुनै ग्यारेन्टी हुदैन ।। बिबाह बिनाको प्रेम लाई अनुमति नदिएको हाम्रो समाजले प्रेम बिनाको बिबाह लाई भने इज्जतका साथ स्थान दिएको छ । रावल अनेरास्ववीयु बाजुराका सदस्य हुन् ।
फेसबुक प्रतिक्रियाहरु