होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बर्दियाको क्वारेन्टाइनमा एक जनाको मृत्यु
समाचार

बर्दियाको क्वारेन्टाइनमा एक जनाको मृत्यु

  • नागरिक रैबार
बर्दियाको क्वारेन्टाइनमा एक जनाको मृत्यु

बर्दिया — गुलरियाको बबई बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा बसेका एक जनाको मंगलबार राति मृत्यु भएको छ । गुलरिया नगरपालिका-९ का ५५ वर्षीय पुरुषको क्वारेन्टाइनमा मृत्यु भएको स्वास्थ्य अधिकृत सुनिल पाण्डेले जानकारी दिए ।

 

अछाममा मजदुरी गरी फर्केका १६ जनामध्ये ती पुरुष बबई क्याम्पसको क्वारेन्टाइनमा थिए । मंगलबार राति ८ बजे उनको मृत्यु भएपछि बबई क्याम्पस सिल गरिएको छ । उनको शव जिल्ला अस्पताल गुलरियामा ल्याई स्वाब संकलन गरी पठाउने तयारी भएको स्वास्थ्य अधिकृत पाण्डेले जनाए ।

उनीसँग आएका ४ जना आधारभूत विद्यालय खैरीको क्वारेन्टाइनमा छन् । अन्य १४ जनासहित २९ जना बबई बहुमुखी क्याम्सको क्वारेन्टाइनमा छन् । मृत्युको कारण अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै