होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • पार्टी भनेको गडगडाउने खोलाजस्तो हुनुपर्छ : प्रचण्ड
देश/प्रदेश

पार्टी भनेको गडगडाउने खोलाजस्तो हुनुपर्छ : प्रचण्ड

  • नागरिक रैबार
पार्टी भनेको गडगडाउने खोलाजस्तो हुनुपर्छ : प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भनेको गडगडाहट तरिकाले बग्ने खोलाजस्तो हुनुपर्ने बताएका छन् ।

बिहीबार राजधानीमा नेकपाको बागमती प्रदेशका नेता कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले भने, ‘कम्युनिस्ट पार्टी भनेको गडगडाउने खोलाजस्तो हुन्छ । कैयौँलाई लाग्छ शान्त भइदिए हुन्थ्यो ।

खुरुखुरु नेताहरू मिलेर हिँडे हुन्थ्यो । तर, जुन दिन यो पार्टी शान्त भयो, त्यो दिन पार्टी पार्टी रहँदैन । पार्टी पनि चाहिँदैन । शान्त भएपछि साम्यवाद आइसक्छ ।’

प्रचण्डले कम्युनिस्ट पार्टीमा वादविवाद हुनु अन्यथा नभएको जिकिर गरे । उनले भने, ‘साम्यवाद नआउन्जेल पार्टी बन्ने भत्कने काम भइरहन्छ । यसबाट आत्तिनु हुँदैन ।’

नेकपामा तीव्र विवाद बढेको समयमा भएको बागमती प्रदेश स्तरको प्रशिक्षणमा प्रचण्डले आआफ्नो इतिहास पढ्न पनि नेता कार्यकर्तालाई सुझाए । उनले भने, ‘आज पार्टी एकता भएर यहाँसम्म आइपुग्दा को कुन जातका हौँ, कसका सन्तान हौँ भनेर एक पटक सबैले इतिहास पढ्न आवश्यक छ ।’

उनले आफू र मदन भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलनमा १०–१० वर्ष फरकफरक धार प्रयोग गरेको बताए । उनले भने, ‘मदन भण्डारीले जनताको बहुदलीय जनवादको अभ्यास गरेर संसदीय राजनीतिको नेतृत्व गर्नुभयो । मैले जनयुद्धको नेतृत्व गरेँ । हामी दुवै जनाले नेपाली कम्युनिस्ट आन्दोलनलाई फरक तरिकाले अगाडि बढायौँ ।’

‘पार्टीमा विवाद भइरहने, आजभोलि के हो के भन्ने लागेको होला, हामी यहाँ सानो दुःखले आइपुगेका होइनौँ । नेता कार्यकर्ता जनताको रगत पसिनाको खोलो बगाएर यहाँसम्म आइपुगेका हाँ,ै पार्टी विभाजन हुन दिन्नौँ । यसका लागि तपाईंहरूको सहयोग चाहिन्छ,’ प्रचण्डले भने ।

कसैले कसैलाई होलो होचो नगर्न सुझाउँदै उनले भने, ‘हामी दाह्रा नङ्ग्रा भाँचिएर एक भएका हौँ । पहिलो संविधासभामा हामी ठूलो भयौँ । दोस्रो संविधानसभामा एमाले ठूलो भयो । सबैले स्वाद खाइसकेका छौँ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १ दिन अगाडि