होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • इमान्दार भएर काम गर्न मन्त्री गुरुङको आग्रह
समाचार

इमान्दार भएर काम गर्न मन्त्री गुरुङको आग्रह

  • नागरिक रैबार
इमान्दार भएर काम गर्न मन्त्री गुरुङको आग्रह

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इमान्दारका साथ राष्ट्र सेवाको काममा लागि रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले उच्च नैतिकता, स्वाभिमान र इमान्दारका साथ काम गर्दा मात्रै रहेका क्षेत्रमा सफलता प्राप्त हुने पनि स्पष्ट पारे ।

रत्न–धर्म स्मृति प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले उच्च नैतिकता र इमान्दारका साथ काम गरेकै कारण आफूले राष्ट्रको सेवा गर्ने अवसर पाएको बताए ।

विज्ञापन

मन्त्री गुरुङले मानवीय सेवा र समाज सेवाको काममा समर्पित भएर लाग्न सामाजिक सङ्घसंस्थालाई समेत आह्वान गरेका छन् । उच्च नैतिकता र इमान्दार भएर काम गर्न उनले सबैलाई आग्रह गरे ।

मन्त्री गुरुङले शैक्षिक अभियानकर्मी डिबी खड्काद्वारा लिखित ‘कल्पना र बेदना’ तथा ‘सपना र सिर्जना’ नामक कविता सङ्ग्रह र ‘जुँगुदेखि मुगुसम्म’ नामक आफ्नो अनुभूति समेटिएको निबन्ध सङ्ग्रह विमोचन गरेका छन् ।

कार्यक्रममा नेपाली सेनाका उपरथी डा सहदेव खड्कालाई सम्मान गरिएको थियो । मन्त्री गुरुङले शैक्षिक अभियानकर्मी खड्काले उच्च माध्यामिक शिक्षा परिषद्मा कार्यरत रहँदा नेपालको शैक्षिक क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्‍याएको चर्चासमेत गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार