होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सेनाद्धारा बाढीपहिरोमा ज्यान गुमाउने २३४ को शव व्यवस्थापन
देश/प्रदेश

सेनाद्धारा बाढीपहिरोमा ज्यान गुमाउने २३४ को शव व्यवस्थापन

  • नागरिक रैबार
सेनाद्धारा बाढीपहिरोमा ज्यान गुमाउने २३४ को शव व्यवस्थापन

काठमाडौं । नेपाली सेनाले यस वर्षको मनसुन शुरु भएयता मुलुकका विभिन्न भागमा गएको बाढी, पहिरो र अरु प्राकृतिक प्रकोपका घटनामा परी ज्यान गुमाएका २३४ जनाको शव व्यवस्थापन गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त अवधिमा त्यस्ता प्राकृतिक प्रकोपका घटनाबाट अप्ठेरामा परेका ३९९ जनाको जीवित उद्धार गरिएको छ ।

सेनाले घटना अप्ठेरामा परेका ४३४ जनालाई सुरक्षित स्थानान्तरण गरिएको, ५८६ नागरिकलाई सुुरक्षित स्थानमा सार्न सहयोग पु¥याइएको, अवरुद्ध २३ सडकको पहिरो हटाएर पुनःसञ्चालन गरिएको तथा २६ पुल मर्मत र तटबन्ध निर्माण गरिएको जनाएको छ । उक्त अवधिमा डुबानमा परेका ७०० जनालाई सहयोग पुर्याइएको, आगलागीका दुई घटनाको नियन्त्रण गरेको तथा ५४ सर्वसाधारणलाई विभिन्न कोणबाट सहयोग गरिएको सेनाले जानकारी दिएको छ ।

यस्ता विपद्का घटनामा सेनाका तत्तत्स्थानीय एकाइबाट खटिएका टोलीले उद्धार र सहयोग गरेका हुन् । सिन्धुपाल्चोक, धादिङ, सुनसरी, कपिलवस्तु, बागलुङ, स्याङ्जा, मकवानपुर, पाल्पालगायत जिल्लामा भएका पछिल्ला बाढीपहिरो र अन्य दुर्घटनास्थलमा खटिएर उद्धार र सहयोगमा सैनिक जुटेको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।– रासस

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै