नागरिक रैबार/बाजुरा १० भदौ। नेपाल कम्युनिष्ट पाटी (नेकपा) बाजुराका कार्यालय सदस्य गगन रावलसहितका नेताहरुको टोली स्थलगत अनुगमन गर्न बडीमालिका नगरपालिकाका बाढी प्रभावित क्षेत्रमा पुगेका छन् ।
गत साउन २५ गते राती गौमुल गाउँपालिका हुँदै बुढीगंगा नदिमा मिसिएको बाढीले बगाएको बडीमालिका नगरपालिका वडा नं. २ को भौनेरा र घाघरका क्षेत्रमा पुगेको क्षेति र बाढी पहिरोबाट प्रभावित बनेका स्थानीयको अवस्था बारे बुझ्न नेकपाका नेता रावल सहितको टोली सो ठाउँमा पुगेको हो ।
बाढी प्रभावित क्षेत्रमा पुगेको नेकपा बाजुराको टोलीले बाढी पहिरोबाट प्रभावित भएका स्थानीयहरुसंग घर भेटघाट र प्रभावित भएको ठाउँको स्थलगत अनुगमन गर्न नेकपाको टोली प्रभावित क्षेत्रमा पुगेको नेकपाका जिल्ला कमिटी सदस्य तुलाराम जैशीले बताएका छन् ।
टोलीमा नेकपा कार्यालय सदस्य गगन रावल, सचिवालय सदस्य मान व विक, जिल्ला कमिटी सदस्य तुलाराम जैशी र राष्ट्रिय युवा संघ नेपालका बाजुरा संयोजक सन्तोष विक लगायत नेकपाका कार्यक्रताहरु सहभागि भएका थिए ।
फेसबुक प्रतिक्रियाहरु