नागरिक रैबार/बाजुरा १० भदौ । नगरस्तरीय बक्तृत्वकला प्रतियोगितामा बडीमालिका नगरपालिका ९ का प्रेम नेपाली प्रथम भएका भएका छन् ।बुधबार बडीमालिका नगरपालिका स्तरीय युवा संजालको आयोजना र बुलगारी परियोजनाको आर्थिक सहयोगमा नगरपालिकामा भएको बक्तृत्वकला प्रतियोगितामा नेपाली प्रथम भएका हुन् ।
“कोरोनाको नियन्त्रणमा युवाको भुमिका विषयक” संचालन गरिएको उक्त प्रतियोगीतामा १० जना बढी प्रतियोगीलाई पछि पार्दै नेपाली प्रथम भएका हुन् ।प्रतियोगितामा प्रथम भएका नेपालीले ५ हजार नगद सहित प्रमाण पत्र पाएका छन् । त्यस्तै बडीमालिका ५ का प्रेम साउँद द्धित्तिय र बडीमालिका ६ का विक्रम साउँद तृतिया भएका छन् ।
द्धित्तिय भएका साउँदलाई ३ हजार र तृत्तिय भएका साउँदलाई २ हजार रुपैयाँ नगद सहित प्रमाण पत्र प्रदान गरिएको छ । प्रतियोगितामा बाजुरा बडीमालिका नगरपालिका भित्रका १० बढी सहभागि भएका थिए ।
प्रतियोगीताको मूल्याङ्कन बडीमालिका नगरपालिका कर्मचारी विरबहादुर विष्ट, युवा स्वरोजगार प्रमुख प्रमिला थापा र शिक्षा तथा खेलकुद विकास शाखाका रमेश जुनालले गरेका थिए ।
नगरस्तरीय युवा संजालका अध्यक्ष प्रसान्त जोशीको अध्यक्षतामा संचालन भएकोे उक्त प्रतियोगिताको प्रमुख अतिथि बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवाल रहेका थिए भने विशिष्ट अथिति नगरपालिकाकै उप प्रमुख कविता विष्ट र प्रमुख प्रशासकीय अधिकृत रँगमल विक रहेका थिए । कार्यक्रम सञ्चालन बडीमालिका नगरस्तरीय युवा संजालका सचिव जेविस ऐडीले गरेका थिए । भने कार्यक्रममा गैरसरकारी सस्थाका कर्मचारी, पत्रकार लगायत युवाहरुकाे सहभागिता रहेकाे थियो ।
फेसबुक प्रतिक्रियाहरु