होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्रिय फुटबल टोलीका खेलाडीको पाटन अस्पतालमा कोरोना परीक्षण गरिने
समाचार

राष्ट्रिय फुटबल टोलीका खेलाडीको पाटन अस्पतालमा कोरोना परीक्षण गरिने

  • नागरिक रैबार
राष्ट्रिय फुटबल टोलीका खेलाडीको पाटन अस्पतालमा कोरोना परीक्षण गरिने

काठमाडौं – राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुको पाटन अस्पतालमा कोरोना परीक्षण गरिने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा फिफा विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ अन्तर्गत संयुक्त छनोट खेल्ने टोलीका खेलाडी, अफिसियलसहित ७० जनाको कोरोना परीक्षण गरिने जनाएको हो ।

आज पाटन अस्पतालमा खेलाडीका पीसीआर विधिबाट कोरोना परीक्षण गर्नेबारे छलफल गर्न लागिएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए ।

नोबेल कोरोना भाइरस (कोभिड१९) को जोखिम कायमै रहँदा अभ्यासमा फर्कनु पर्ने हुँदा फिफाको प्रोटोकल अनुसार प्रशिक्षण गर्न एन्फाले सरकारसँग अनुमति लिइसकेको छ ।

सरकारको अनुमतिपछि एन्फाले खेलाडीहरुको पीसीआर विधिबा६ कोरोना परीक्षण गराएर अभ्यासमा फर्काउने लागेको हो।

एन्फाले साउन १७ गतेसम्म राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि खेलाडीलाई राजधानी फर्किसक्न पत्राचार गरेको छ। कोरोना महामारीले खेलकुद ठप्प भएपछि खेलाडीहरू अहिले घर-घरमा छन् ।

फुटबल टोलीले भदौ १ गतेदेखि अभ्यास सुरु गर्नेछ। त्यसअघि साउन १७ देखि ३० गतेसम्म खेलाडीलाई क्वारेन्टाइनमा राखेर कोरोना परीक्षण गरिनेछ।

विश्वकप र एसियन कप छनोट खेलका लागि फागुनमा बन्द प्रशिक्षण शुरू गरिएको थियो। तर, कोरोनाको जोखिम बढेपछि प्रशिक्षण स्थगित भएको थियो । विश्वकप छनोटको अवे खेल खेलिसकेको नेपालले अब बाँकी तीन खेल दशरथ रंगशालामा खेल्नेछ ।

नेपालले बाँकी खेल आगामी अक्टोबरमा चाइनिज ताइपेई र अस्ट्रेलिया तथा नोभेम्बरमा जोर्डनसँग खेल्नेछ । छनोट खेल अक्टोबर ८ देखि शुरू हुने तय भएको छ । छनोटको समूह ‘बी’मा रहेको नेपालले सुरुवाती पाँच खेलमा एक जीत र चार हारसहित ३ अंक जोडेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार