नागरिक रैबार/बाजुरा १२ असार। बाजुरामा थप २३ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार टेकुमा गरिएको परिक्षणमा कोरोना पुष्टि भएका मध्ये २२ जना गाैमुल गाउँपालिका र १ जना स्वामीकार्तिक गाउँपालिकाका रहेका छन् । जसमध्ये १४ जना पूरुष छन् भने ९ जना महिला रहेका छन् ।
शुक्रवार थपिएका २३ जना संगै बाजुरामा कोराेना संक्रमितको संख्या १२९ पुगेको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् । कोराेना संक्रमित सवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । कोरोना संक्रमित देखिएका बढी जसो जिल्ला बाहिरबाट आएका हुन् । जिल्लामा संक्रमितको संख्या बढ्दै गएपछि स्थानीयहरु त्रसित बन्दै गएका छन् ।
फेसबुक प्रतिक्रियाहरु